TagaroNews
नेपालबाट १६ करोडको डाइपर निर्यात, डेढ अर्बको आयात

काठमाडौं- चालू आर्थिक वर्ष २०७९र८० को ९ महिनाको अवधिमा नेपालबाट १६ करोड रुपैयाँको डाइपर निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको ९ महिनाको तथ्यांकअनुसार साउनदेखि चैतसम्ममा उक्त मूल्य बराबरको डाइपर निर्यात भएको हो । 

 २ करोड ६० लाख पिस डाइपर निर्यात भएको छ । र, नेपालबाट निर्यात भएको सम्पूर्ण डाइपर भारतमै गएको तथ्यांकमा उल्लेख छ । यस्तै, यस अवधिमा विदेशबाट १ अर्ब ५४ करोडभन्दा धेरैको डाइपर आयात भएको छ ।

विदेशबाट ९ महिनाको अवधिमा ९ करोड ३० लाख ५३ हजारवटा डाइपर आयात हुँदा सरकारले ४५ करोड ७० लाख रुपैयाँ राजश्व संकलन गरेको छ । नेपालमा विश्वका १० वटाभन्दा धेरै देशबाट डाइपर आयात भएपनि मूख्यगरी भारत र चीनबाटै आयात हुने गरेको छ । 

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update