TagaroNews
चेपे– ए जलविद्युत आयोजनामा तोडफोड र आगलागी
स्थानीयद्धारा आयोजनाको कार्यालय भवनमा तोडफोड र आगलागी पश्चात । तस्बिर : तगारोन्युज

लमजुङ । लमजुङ र गोरखाको सीमा खोला चेपेमा निर्माणाधिन रहेको ७ मेगावाटको चेपे– ए जलविद्युत आयोजनामा तोडफोड र आगलागी भएको छ । लमजुङको ठूलो मध्यको एक राइनासटार सिंचाई योजनाको मुहान नै मासिदिने गरी जलविद्युत आयोजना निर्माण गरेको भन्दै आक्रोशित स्थानीयले आयोजनामा तोडफोड र आगलागी गरेका हुन् । स्थानीयको आक्रमणबाट प्रहरी समेत घाइते भएका छन् । 

आक्रोशित बनेका स्थानीयले आयोजनाको २ वटा ट्रक, २ वटा मोटरसाइकल, २ जेनेरेटर र स्टोरमा आगलागी गरेका छन् भने, आयोजनाको कार्यालय भवनमा तोडफोड गरेको प्रहरीले जनाएको छ । लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलका अनुसार आयोजनाको डोजर र निर्माणाधिन पावर हाउसमा समेत स्थानीयले तोडफोड गरेका छन् । 

IMG_15971670672724.JPG
आक्रोशित बनेका स्थानीयले जलाएका आयोजनाको २ वटा ट्रक । तस्बिर : तगारोन्युज

२०५२ सालमा सम्पन्न भई सञ्चालनमा आएको राइनासटार सिंचाई योजनाको मुहान नै मासिने गरी जलविद्युत आयोजनाको विद्युत गृह निर्माण भईरहेको उपभोक्ताहरुको आरोप छ । आयोजनाको विद्युत गृह नहरको मुहानभन्दा करिब २०० मिटर तल हुने गरी निर्माण भइरहेको छ । सोहि ठाउँमा विद्युत गृह बने राइनास नगरपालिकाको ८ सय ५० बढी हेक्टर जग्गामा सिंचाईको सुविधा पुगेको राइनासटार सिंचाई योजनाको मुहान मासिने निश्चित देखिएपछि उपभोक्ता आक्रोशित भएका हुन् । 

बारम्बार दबाब र ताकेका पश्चात पनि आयोजना पक्षले उनीहरुको माग सम्बोधन नगरेपछि स्थानीयले उग्र रुप लिएका हुन् । प्रवद्र्धक कम्पनी चम्पावती हाइड्रो पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको उत्त आयोजनाको ६० प्रतिशत काम पुरा भइसकेको आयोजना पक्षले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update