TagaroNews
बेसीशहरमा खुकुरी प्रहारबाट एक जना घाइते
सांकेतिक तस्विर

लमजुङ- सदरमुकाम बेसीशहरमा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन । बेसीशहर नपा – ८ प्रशासन चोकमा शुक्रबार बेलुका  दुई जना व्यक्तिले खकुरी प्रहार गर्दा सोही ठाउँ बस्ने २४ बर्षीय रोहित तामाङ घाइते भएका छन ।

बेसीशहर नपा– ८ बस्ने सुब्बा गुरुङ र वडा नं. ७ बस्ने कान्छा घलेले  खुकुरी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय लमजुङका  प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले जानकारी दिए ।

प्रहरीका अनुसार घाइते तामाङको टाउँको र हातमा गहिरो चोट लागेको छ । घाईतेलाई लमजुङ अस्पतालमा उपचारपछि थप उपचारका लागि चितवन भरतपुर स्थित चितवन मेडिकल कलेजमा रिफर गरिएको छ । खुकुरी प्रहार गर्ने दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ ।


 

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  २२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update