TagaroNews
नेपालले ओमानलाई दियो ३११ रनको लक्ष्य

काठमाडौं- एसीसी प्रिमियर कपमा नेपालले ओमानलाई ३११ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर ३१० रन बनायो ।  युवा अलराउण्ड कुशल मल्लले ओडिआई करियरको पहिलो शतक र सोमपाल कामीको अर्धशतकमा नेपालले एसीसी प्रिमियर कपमा ओमानलाई ३११ रनको लक्ष्य दिएको छ ।

सन् २०२० मा क्रिकेट विश्वकप लिग टु अन्तर्गत कीर्तिपुरमै अमेरिका विरुद्ध डेब्यु गरेका कुशल मल्लले २१औं खेलमा आएर पहिलो शतक प्रहार गरेका हुन् । उनी नेपालका लागि ओडिआईमा सर्वाधिक रन बनाउनेमा सातौं स्थानमा छन् ।

यस्तै ओडिआईमा दोस्रो अर्धशतक प्रहार गर्ने क्रममा सोमपालले अविजित ६३ रन बनाए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update