TagaroNews
तनहुँका मतदातामाझ प्रचण्डको उदघोषः भट्टराईलाई जिताउनुस मन्त्री पक्का 
चुनावी सभामा प्रधानमन्त्री प्रचण्ड सहित शिर्ष नेताहरु ।

तनहुँ– प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख १० गते हुने उपनिर्वाचनबाट सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई जिताएर पठाउन तनहुँका मतदातालाई अपिल गरेका छन् ।

बुधबार तनहुँको डुम्रेमा आयोजीत चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तनहुँका मतदाताले गोविन्द भट्टराईलाई जिताएर पठाए आफुले मन्त्री बनाउने उदघोष गरे । 
कांग्र्रेस सभापति शेरबहादुर देउवा तर्फ इंंकित गर्दै उनले भने, ‘अहिले म प्रधानमन्त्री छु, मन्त्री बनाउने मैले नै हो । यो विषयमा शेरबहादुरजी र म दुबै सहमत छौँ ।’

उनले थपे, ‘यसअघि यहि क्षेत्रबाट जितेका रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउँछु भनेर मैले नै यहि आएर भनेकै हो, उहाँ राष्ट्रपति भैहाल्नु भयो, भट्टराई जीलाई पनि मन्त्री बनाउने कुरामा कुनै द्विविधा छैन् ।’ 
 

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update