TagaroNews
छ्याङदी हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्दै
४ मेगावाटको माथिल्लो छ्याङ्दी खोला जलविद्युत आयोजना ।

लमजुङ– लमजुङमा ६ मेगावाटका दुई जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ्याङ्दी हाइड्रो पावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने लागेको हो ।

कम्पनीको आठौं वार्षिक साधारणसभाबाट निर्णय भए बमोजिमको ४० प्रतिशत हकप्रद सेयर सम्बन्धि निर्णय रद्द गरी चुक्ता पूँजीको १ सय प्रतिशत सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार चुक्ता पूँजी ३८ करोड  ६९ लाख ७७ हजार ५ सय रुपैयाँको १ सय प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागिएको हो ।

कम्पनीले हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गर्न बैशाख ८ गते साधारणसभा बोलाएको छ । सभाले पारित गरेपछि हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ ।

कम्पनीको ६ मेगावाटको २ जलविद्युत आयोजनाले विद्युत उत्पादन गरिरहेका छन् । ४ मेगावाटको माथिल्लो छ्याङदीले गत मंसिर २४ गतेदेखि व्यापारीक उत्पादन सुरु गरेको हो । २ मेगावाटको छ्याङदी खोला सानाले लामो समयदेखि विद्युत उत्पादन गरिरहेको छ ।

 

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update