TagaroNews
महोत्तरीमा बस र मोटरसाइकल ठोक्किँदा एकै परिवारका तीन जनाको मृत्यु

महोत्तरी- महोत्तरीमा भएको सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ। बुधबार यात्रुबाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो ।

बा ३ ख २३९६ नम्बरको गाडीले  मधेश प्रदेश- ०१-००४- ६८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकैपरिवारका बहिनी, भान्जी र मामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गौशाला नगरपालिका-२ बस्ने  अमित कुमार मण्डल, सिरहा कल्याणपुर  विवाह गरेर गएकी मण्डलकी बहिनी अन्जु मण्डल र उनकी ४ वर्षीय छोरी अन्सु मण्डलको उपचारको क्रममा मृत्यु भएको हो ।

अमित र अन्सुको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा र अन्जुको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update