
लमजुङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई समर्थन गर्दै लमजुङमा सदभाव र्याली निकालिएको छ । बैशाख १० गते हुन लागेको उप निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकाहरुलाई अत्याधिक मतले विजय गराउन भन्दै जिल्लाका समर्थकहरुले सदरमुकाम बेसीशहरमा सदभाव र्याली निकालेका हुन् ।
हरेक निर्वाचनमा पुरानै दलका उम्मेदवारलाई मात्र जिताउँदा मुलुकमा विकासले फड्को मार्न नसकेको र भ्रष्टाचार मात्र बढेकाले जनताको मतको उचित मुल्याङ्कन नभएको भन्दै स्थानीयले रास्वपाका यूवा उम्मेदवारहरुलाई संसद र सरकारमा ल्याउन आवश्यक रहेको बताएका छन् ।
निर्वाचनमा जीतपछि देशको अर्थतन्त्र सुधार गर्ने र जनताको मुद्धा उठाउने नेता चाहिएको भन्दै बैशाख १० को उपनिर्वाचनमा रास्वपाका उम्मेदवारलाई मत दिन घण्टि नै बोकेर स्थानीयहरु सर्मथनमा उत्रिएका हुन् ।
आज बिहान बेसीशहरमा निकालिएको सर्मथन र्यालीमा विभिन्न दलका व्यक्तिहरु पनि स्वतस्फूर्त रुपमा सहभागी भएको रास्वपा लमजुङका संयोजक धर्म केसीले बताए । बैशाख १० मा तनहुँ क्षेत्र नं. १, चितवन क्षेत्र नं. २ र बारा क्षेत्र नं. २ मा उपनिर्वाचन हुँदैछ ।