TagaroNews
प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं- संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । पहिलो अधिवेशनको २५ औं बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । 

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ सदनमा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  ०७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update