TagaroNews
एसीसी प्रिमियर कप : नेपाललाई मलेसियाले दियो २३६ रनको लक्ष्य

काठमाडौं- उद्घाटन खेलमा मलेसियाले नेपाललाई २३६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ९ विकेट गुमाएर २३५ रन बनायो ।

मलेसियाका कप्तान अहमद फैजले अर्धशतक पूरा गर्दै सर्वाधिक ७६ रनको योगदान गरे । उनले ९५ बल खेल्दै ८ चौका र १ छक्का प्रहार गरे । यस्तै, भिरान्दीप सिंहले ४६ रन बनाए । ९४ बलको सामना गरेका उनले २ चौका प्रहार गरे । ओपनर मोहम्मद अमिरले १७ रन जोडे ।

उनले १८ बलमा ३ चौका प्रहार गरे । यसैगरी खिजर हायतले २२, मोहम्मद स्याहदतले १५, स्येद अजिजले १३ र विजय उन्नीले १२ रन बनाए । स्यजरुल इद्रुसले २१ रन बनाए । फित्री शाम भने शून्य रनमै सोमपाल कामीबाट बोल्ड भए ।नेपालका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए भने सन्दीप लामिछाने र ललित राजवंशीले २–२ विकेट लिए । 

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update