TagaroNews
राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं- राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले मंगलबार दिउँसो २ बजेर ३१ मिनेटमा बस्ने भनिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको सूचना निकालेका छन् ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठकको मिति अर्को सूचनाबाट तोकिने उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update