TagaroNews
एसीसी प्रिमियर कप आजदेखि, पहिलो खेलमा नेपालले मलेसियासँग खेल्ने

काठमाडौं-  एसीसी प्रिमियर कपमा आज (मंगलबार) नेपालले समूह ‘ए’ मा मलेसियाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ । नेपालले घरेलु मैदानमा सम्पन्न आईसीसी विश्वकप क्रिकेट लिग–२ का आठ खेलमा शतप्रतिशत जित निकालेको थियो ।

मलेसियाविरुद्ध मैदान उत्रिँदा नेपाल सोही लय कायम राख्ने लक्ष्यमा हुनेछ । नेपाल एकदिवसीय क्रिकेटमा पछिल्लो १२ खेलमध्ये एक खेलमा मात्र पराजित भएको छ । यसै वर्ष पाकिस्तानमा हुने तालिका रहेको एसिया कपको छनोट प्रतियोगिताको रुपमा रहेको प्रिमियर कपमा कुल १० टिम सहभागी छन् । सहभागी टिमलाई एक समूहमा पाँच टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

नेपालसँगै समूह ‘ए’ मा ओमान, मलेसिया, साउदी अरेबिया र कतार छन् । यस्तै, समूह ‘बी’ मा युनाइटेड अरब इमिरेट्स ९यूएई०, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिताको विजेताले एसिया कपका स्थान बनाउनेछ । प्रतियोगिताको पहिलो खेलअघि नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले प्रिमियर कपमार्फत एसिया कप खेल्ने नेपालका लागि सुनौलो अवसर रहेको बताएका छन् ।

नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाई घरेलु मैदानको कारण नेपाललाई केही सहयोग गर्ने आशा व्यक्त गरे । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा आजै मुलपानी क्रिकेट रंगशालामा समूह ‘बी’ का हङकङ र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । यो खेल पनि बिहान ९ः३० बजेदेखि नै सुरु हुनेछ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update