TagaroNews
राष्ट्रपति पौडेलको छातीमा समस्या

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको छातीको तल्लो भागमा संक्रमण देखिएको छ । राष्ट्रपति भण्डारी सोमबार उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका थिए ।

पौडेलको बायाँ छातीको तल्लो भागबाट भिडियो एक्सरे (अल्ट्रासाउण्ड) को सहायताले पानी निकालेर परीक्षणका लागि पठाइएको छ । 

उपचारमा संलग्न चिकित्सकहरूका अनुसार राष्ट्रपतिको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ । उनी निवास फर्किएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  २१:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update