TagaroNews
अन्नपूर्ण आरोहणका क्रममा एक भारतीय आरोही बेपत्ता

पोखरा– अन्नपूर्ण हिमाशृङ्खला आरोहणका क्रममा एक जना भारतीय आरोही बेपत्ता भएका छन् ।

सोमवार दिउँसो दोस्रो शिविरभन्दा केही माथिबाट भारतीय आरोही ३४ वर्षका अनुराग मालु हराएका सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईंले बताए । उनका अनुसार हराइरहेका आरोहीको खोजी भइरहेको छ । 

राजस्थानको किशनगढका मालु आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमालको आरोहण लक्ष्यका साथ अन्नपूर्णको आरोहणका लागि आएको गुरागाईंले बताए । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णमा गएको शनिवारदेखि यस वर्षको वसन्तयामको आरोहण सुरु भएको हो ।
 

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update