TagaroNews
सिंहदरबारको फोहोर उठाउन बालेन विरुद्ध सर्वोच्चमा रिट
फाइल फोटो ।

काठमाडौं- सिंहदरबारको फोहोर उठाउन आदेशको माग गर्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। त्यसका विरुद्ध आफूले बालेन शाहलाई विपक्षी बनाएर रिट हालेको अधिवक्ता श्रेष्ठले जानकारी दिए। 

उनले आफ्नो क्षेत्रभित्र फोहोर उठाउने दायित्व महानगरको भएकाले त्यसलकाई कार्यान्वनय गर्न माग गरेका छन्। नेपालको संविधानको धारा ३०, ४, फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३, ४ वातावारण संरक्षण ऐन २०७६ को दफा १५ बमोजिम आफ्नो दायित्व पूरा गर्न माग गर्दै रिट दिएको छ । 

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले संघीय सरकारले सहयोग नगरेको भन्दै एक हप्तादेखि देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार, राष्ट्रपति कार्यालय शीतल र प्रधानमन्त्री निवास बालुवाटारको फाहोर उठाएका छैनन्।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update