TagaroNews
लिफ्टिङ मार्फत मालिका देवि मन्दिर परिसरमा पुग्यो खानेपानी
खानेपानी उदघाट्न गर्दै मध्यनेपाल नगर प्रमखु पाण्डे ।

मध्यनेपाल– लमजुङको मध्यनेपाल नपा–१०, नेटास्थित मालिका मन्दिर परिसरमा खानेपानीको व्यवस्थापन गरिएको छ । मध्यनेपाल नगरपालिका, प्रदेश सरकार र वडा नं. १० को संयुक्त करिव ५० लाख रुपैँया लागतमा खानेपानी व्यवस्थापन गरिएको हो ।  

आव ०७७/७८ मा बजेट विनियोजन भएसँगै भिरपानीबाट करिव ६ सय मिटर लिफ्टिङ गरी मालिका मन्दिर परिसरमा खानेपानी पु¥याईएको वडा अध्यक्ष रामचन्द्र भण्डारीले बताए । उनका अनुसार खानेपानी व्यवस्थापनका लागि दुईवटा ट्याँकी र चारवटा धारा लगायतका संरचना निर्माण भएको छ । 

खानेपानी योजना सम्पन्न लगत्तै एक औपचारिक कार्यक्रमका विच गत शनिवार मध्यनेपाल नगरप्रमुख रमेश कुमार पाण्डेले खानेपानीको उद्घाटन गरेका छन् । मालिका मन्दिर मध्यनेपालकै प्रमुख धार्मिक धरोहर भएकोले यसको प्रवद्र्धनका लागि नगरपालिकाले पहल गरीरहेको प्रमुख पाण्डेले बताए । उनले भने, ‘मालिका मन्दिरको धार्मिक महत्वलाई विश्वसामु पुर्याउने र हजारौँ पर्यटकलाई आकर्षण गर्नेगरी विकास र प्रवर्दनको तयारीमा हामी छौँ, यसको गुरुयोजना सहित विकासमा लागीपरेका छौँ ।’

जिल्लाकै प्रमूख धार्मिक धरोहर मध्येको मालिका देवि मन्दिरको आवश्यक संरचना विकास र प्रचार प्रसार नहुँदा अपेक्षित प्रवद्र्धन हुन सकेको छैन । मालिका देविको मन्दिर देशभर रहेका कोइरालाहरुको पुख्र्यौली थलो हो । परापूर्वकालमा ७ वर्षिया कुमारी बालिकाले घर छोडेर जंगलमा बसेकी र सोहि बालिकामा दैविक शक्ती देखिएपछि साक्षात मालिका देविको रुपमा पुज्न थालिएको किंवदन्ती रहेको मालिका संरक्षण समितिका अध्यक्ष विरबहादुर थापाले बताए । 

मालिका देविको दर्शन र पुजा गर्नाले मनोकाँक्षा पुरा हुने विश्वासका साथ विभिन्न ठाउँबाट मालिका मन्दिरमा पुजा गर्न भक्तजनहरु पुग्ने गर्दछन् । कोईरालाहरुको कुलायन मालिका मन्दिरको प्रवद्र्धनमा पछिल्लो समय देशभरका कोईरालाहरु एकजुट भएपनि अपेक्षित उपलब्धी हुन सकेको छैन । 

मन्दिर परिसरमा शशांक कोईराला÷शेखर कोईराला लगायतले केहि संरचना समेत निर्माण गरेका छन् । मन्दिर परिसरमा व्यवस्थीत सडक पहुँच, विद्युत व्यवस्थापन, थप भवन तथा पिकनिक स्पोट सहितको बिपी पार्क निर्माणको तयारी भएको छ । मालिकाको मन्दिरलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने उदेश्यका साथ स्थानिय वडाले गुरुयोजना तयार पारेको वडा अध्यक्ष भण्डारीले जानकारी दिए । 

 

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update